पंगेनीको संयोजकत्वमा अनेरास्ववियू बर्दिया जिल्ला कमिटीले पायो पूर्णता

बर्दिया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बर्दिया जिल्ला कमिटीले पूर्णता पाएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बिचको एकता प्रक्रियाले पूर्णता पाएको हो । एकता प्रकृयामा साविक अनेरास्ववियु बाट १७ जना र साविक अखिल क्रान्तिकारीबाट १८ जनाको सहभागिता सहित ३५ सदस्यिय अनेरास्ववियू बर्दिया जिल्ला कमिटी गठन भएको छ । संयोजकमा महेन्द्र पंगेनी र सह–संयोजकमा रेशम अधिकारी रहेका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group