‘बेस्ट अफ अविन’ जनआन्दोलन पछिको नेपाल

काठमाण्डौ : कार्टुनिस्ट अविनको कार्टुन संग्रह ‘बेस्ट अफ अविन’ भाग-२ जनआन्दोलन पछिको नेपाल सार्वजनिक भएको छ । अविनको कार्टुन संग्रहमा उनले बनाएका १४ वर्ष यताका कार्टुनहरू समेटिएको छ ।

पुस्तकको वरिष्ठ पत्रकारहरू अखिलेश उपाध्याय, किशोर नेपाल, नारायण वाग्ले, रातोपाटी डटकमका सम्पादक जीवेन्द्र सिंखडा, देश सञ्चार अनलाइनका सम्पादक युवराज घिमिरे, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा, बुकआर्ट नेपालका सम्पादक कार्तिकेयले विमोचन गरेका छन् ।

सम्पादकहरूको सहयोगले नै कार्टुन मार्फत् आफ्नो कला देखाउन पाएकाले आफूले काम गरेका सम्पादकहरूबाट संग्रहको विमोचन गराएको अविनले बताए । विमोचनमा वरिष्ठ पत्रकार किशोर नेपालले अविनको कार्टुन हेर्दा बिजुलीको नाङ्गो तार छोएजस्तो भान हुने बताए ।

रातोपाटी अनलाइनका सम्पादक जीवेन्द्र सिंखडाले यो कार्टुन संग्रह मात्र नभएर १४ वर्षको नेपाली राजनीतिको इतिहास संग्रह भएको बताए । देश सञ्चारका सम्पादक युवराज घिमिरेले अविनको कार्टुनलाई समृद्घ र उन्मुक्त सिर्जनाको रुपमा लिने गरेको बताए । अविनको कार्टुन संग्रह नेपाली राजनीतिको महत्वपूर्ण दस्तावेज भएको बताएका थिए ।

विमोचन कार्यक्रममा अविनले राजनीतिक, सामाजिक विकृति तथा विसंगति देखाउन कार्टुन बनाउन शुरु गरेको बताए । कार्यक्रममा अविनले कार्टुन बनाउँदाको रमाइला किस्साहरू समेत सुनाएका थिए । बुकआर्ट नेपालले प्रकाशन गरेको संग्रहको मूल्य १२९९ रहेको छ । (हिमालखबरको सहयोगमा)

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group