Ads By Google

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद गच्छदार सांसदबाट निलम्वित

bijaya kumar gachhadar
Ads By Google

काठमाण्डौ : बालुवाटार स्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार स्वतः निलम्वित भएका छन् ।

तत्कालीन भौतिक पूर्वाधार मन्त्रीका रुपमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेको ठहर सहित अख्तियारले मुद्दा चलाएपछि गच्छदार प्रतिनिधि सभा सांसदबाट स्वतः निलम्वित भएका हुन् । अख्तियारले १७५ जना अन्य विरुद्ध दायर गरेको मुद्दामा गच्छदार पनि जोडिएपछि अब उनले प्रतिनिधि सभामा सहभागी हुन पाउने छैनन् । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म गच्छदारको सांसद पद स्वतः निलम्वन भएको हो ।

अख्तियारले दाबी गरे अनुसार अदालतको अन्तिम फैसलामा गच्छदार दोषी ठहरिए उनले राजनीतिमा फर्किन पनि पाउने छैनन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पदमा रहेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि अन्तिम किनारा नभए सम्म स्वत: निलम्बन हुने व्यवस्था छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदार कांग्रेसबाट पटक पटक मन्त्री भएका थिए । यसअघि भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएसँगै कांग्रेस नेताहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीको राजनीतिक जीवन करिब समाप्त भएको थियो ।

नेपालको राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । यो मुद्दाको किनारा नलागेसम्म गच्छदारले कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार हुने ढोका पनि बन्द भएको छ । यो समाचार थाहा खबरबाट साभार गरिएको हो ।

Ads By Google
Nadunudi: nadunudi.in is digital media platform, which Provides Latest News Content in Kannada Language by team of experienced Professionals in the Journalism Field