Ads By Google

धेरै परिवर्तनहरु महसुस हुँदैछ

Ads By Google

बद्लिएकि रहिछ्यौ । मैले आफ्नो सोँचेको तिमी र अहिलेको तिमीमा धेरै परिवर्तनहरु महसुस हुँदैछ । औपचारिकता निभाउन पनि सिकिछ्यौ, साँच्चै पराई भई सकेको रहेछु । भन्न त सजिलै हुन्छ र भनिदियौ तिमीले पनि “विर्सने प्रयास किन गर्दैनौ ?”

केहि यस्ता कुरा हुन्छन जो साँच्चै अधुरा हुन्छन्‌ वा भनौँ पुरा हुने सामर्थ्य राख्दैनन्‌ । म आफ्नो पहिलो प्रेम कसरि भुल्न सक्छु ? म मात्र होईन सायद कुनै पनि प्रेमीले आफ्नो प्रेमलाई भुल्न सक्दैन । कुनै त्यस्तो दिन आउला जुन दिन म आफैलाई भुल्न सकुँला । ढुक्क होउ त्यो दिन अवश्य भुल्नेछु तिम्रा यादहरुलाई, अनी तिमीलाई पनि ।

सराब पिएर दु:ख भुलिन्छ भन्नु एउटा मुर्खता हो । त्यसरि नै अतित भुल्न सजिलो हुन्छ विहे गर भनेर तिमीले दिएको सुझाब सुनि रहँदा आश्चर्य लागि रहेको थियो । र अर्को तर्फ ब्यङ्ग्यपूर्ण शब्दहरुको सामना गरि रहेको थियो यो मनले । कसैले केहि सिकोस त तिमी संग । कति ब्यङ्ग्यात्मक अभिब्यक्ति दिन सक्छ्यौ ? के तिमीले भुल्यौ भन्दैमा मैले पनि भुल्नै पर्छ र ?

मायाँ प्राप्ति मात्र होईन त्याग पनी हो । आज फेरि पटक-पटक विगत सम्झिरहेको छु र तिनै विगतका क्षणहरुलाई सम्झिरहेको छु । तिम्रो डोली अन्मिँदा सम्म पनि तिमीलाई पाउने आशा यो मनबाट हट्नेछैन । जब अरुकै घरमा तिम्रो डोली अन्मिनेछ अनी त्यति नै बेला म मेरो चाहनालाई पनि अन्माई दिनेछु तिम्रो खुशीहरु संग । तर मलाई माफ गर जब सम्म म आफुलाई सम्झिन सक्छु तब सम्म तिमीलाई भुल्न सक्दिन । तर पनी यति भन्छु “ढुक्क होउ तिम्रो वैवाहिक सम्बन्धलाई दख्खल पुग्ने त्यस्ता कुनै हर्कत हुने छैन मेरो तर्फबाट । र गोप्य नै रहनेछ तिम्रो परिचय पनि ।”

Ads By Google
Nadunudi: nadunudi.in is digital media platform, which Provides Latest News Content in Kannada Language by team of experienced Professionals in the Journalism Field