Ads By Google

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

Nirbachan aayog election commission

फाईल तस्विर ।

Ads By Google

काठमाण्डौ : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल दर्ता भएको हो ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरी चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ ।

राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दल विभाजन खुकुलो हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी फुट्ने हल्लालाई चिर्दै राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

Ads By Google
Nadunudi: nadunudi.in is digital media platform, which Provides Latest News Content in Kannada Language by team of experienced Professionals in the Journalism Field