खरिपाटी क्वारेन्टाइनमा देखिएको खुशी (भिडियो)

काठमाण्डौ : कोरोना (कोभिड–१९) भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ मध्ये १४३ जना नेपाली घर फर्किएका छन् । उनीहरूलाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नदेखिएपछि १७ औं दिनमा घर फर्काइएको हो ।

क्वारेन्टाइनमा रहेकाहरूलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो । घर फर्किनुअघि कतिपयलाई खरिपाटीमा लिन परिवारका सदस्यहरू पुगेका थिए । एक्कासि परिवारका सदस्य भेट्दा कतिपय भावविह्वल देखिन्थे भने कतिपयको आँखा रसाएका थिए । कोही परिवारका सदस्य तथा आफन्तहरू कुरिरहेका थिए । खराब मौसमका कारण बिदाइ कार्यक्रममा केही अभिभावक भने जान पाएनन्।

वुहानबाट फाल्गुण ४ गते १७५ नेपालीलाई काठमाण्डौ ल्याइएको थियो । विमानस्थलबाट सिधै खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा लगेर उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । आईतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजका पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group