को हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति ?

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको प्रहरीले जनाएको छ ।

उनी पूर्व माओवादी कार्यकर्ता हुन् । उनलाई पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार लगेको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’ मा सम्वोधन गरेपछि आसनमा फर्कने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो ।

प्रचण्डलाई जुत्ता हानेपछि कार्यक्रममा सहभागीले तिरुवामाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group