डलरको भाउ अहिलेसम्मकै महंगो

काठमाण्डौ : अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी १ डलरको बिक्री दर एक सय २१ रुपैयाँ ३१ पैसा थियो ।

त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिद दर एक सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।

केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group