न्यूजिल्यान्ड विरुद्धको टी-ट्‍वेन्टी श्रृंखला भारतद्वारा क्लिनस्वीप

काठमाण्डौ : भारतले न्यूजिल्यान्ड विरुद्धको पाँच खेलको टी-ट्‍वेन्टी सिरीज क्लिनस्वीप गरेको छ । न्यूजील्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले माउन्ट माउँगानुईमा खेलिएको अन्तिम खेलमा ७ रनको जित निकाल्न सफल भयो । यो सँगै भारतले न्यूजिल्यान्डलाई ५-० ले हराउँदै सिरीज कब्जा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्गमा उत्रिएको भारतीय टोलीले निर्धारित २० ओभरमा ३ विकेट खर्चदै १ सय ६३ रनको स्कोर बनाएको थियो । १ सय ६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले पुरा ओभरमा ९ विकेट गुमाउँदा १ सय ५६ रन मात्र बनाउन सक्यो । पहिलो पटक पाँच खेलको टी-ट्‍वेन्टी सीरिज खेलिएकोमा भारतले सबै खेल जितेर इतिहास रच्न सफल भएको हो ।

यससँगै टी-ट्‍वेन्टी अन्तराष्ट्रिय टी-ट्‍वेन्टीको इतिहासमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन देखाउँदै द्धिपक्षीय टी-ट्‍वेन्टी सीरिजमा ५-० को जित हासिल गर्ने पहिलो टोली बनेको छ । अब दुवै देशवीच तीन एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरीज हुनेछ । दुवै देशले पहिलो खेल आगामी बुधवार हेमिल्टनमा खेल्नेछन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group