बेस्ट कोलम राइटिङको अवार्ड ओलीलाई

मुस्किलले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेलसंघ पालिएका छन्

काठमाण्डौ : नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको खेल समाचार विश्वमै उत्कृष्ट भएको छ। स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै ओलीले ‘बेस्ट कोलम राइटिङ’ तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएका हुन् ।

खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने ‘स्पोर्टस्‌ मिडिया अवार्ड’सँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव ओलीले गत आषाढ १९ गते काठमाण्डौपोस्टमा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेलसंघ पालिएका छन्’ भन्ने शीर्षकमा समाचार लेखेका थिए ।

सोमबार राति हङगेरीको राजधानी बुडापेस्टमा भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो । एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन् । विश्वभरका करिब १ सय ८० देशका पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो । ओली डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group