कोरोनाबारे सूचना दिन सेनाले बनायो मोबाइल ‘एप’

काठमाण्डौ : नेपाली सेनाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन मोबाइल एप बनाएको छ ।

विज्ञप्ति सार्वजनिक गर्दै सेनाले आम सर्वसाधारणबाट कोरोनाबारे सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले एप बनाएको विज्ञप्ति मार्फत् जानकारी गराएको हो ।

‘भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा ‘क्राउड सोर्सिङ’को अवधारणा अनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नामक मोबाइल एप तयार गरी प्रयोगमा ल्याएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ ।

यो एपमार्फत् सर्वसाधारणले परिवार, छिमेकी र साथीभाइमा कोरोना लक्षण देखिए विवरण पठाउन सक्नेछन् । सेनाले संकटमा आधिकारीक सूचनाका निम्ति यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group