नेपाल टेलिकमको फोरजी सेवा अब ७७ जिल्लामा

काठमाण्डौ : हुम्लाको सदरमुकाम सिमिकोटमा फोरजी सेवाको जडान र परीक्षण संगै देशका ७७ वटै जिल्लामा फोरजी सेवा पुगेको छ ।

नेपाल टेलिकमले सबै जिल्लाको प्रमुख शहरहरुमा फोरजी सेवा विस्तार गरेको छ । एक वर्ष भित्र देशै भर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै पहुँच बढाइएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार सिमिकोटमा फोरजी सेवाको सफल परीक्षण संगै देशै भर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ ।

टेलिकमले अहिले सम्म २०३८ साइडका ३६८३ टावरमा फोरजी प्रविधि जडान गरेको र दुई सय भन्दा बढी नयाँ टावर स्थापना गरेको अधिकारीले जानकारी दिए । फोरजीको माग र सम्भावित बजार पहिचान गरेर नयाँ स्थानमा यसको सेवा विस्तार गर्ने काम भइरहेको पनि टेलिकमले जनाएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group