मंगलबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाण्डौ : नेप्से परिसूचक मंगलबार १७ दशमलव ११ अङ्कले बढेको छ । सोमबार ४ दशमलव २८ अङ्कले बढेको परिसूचक मंगलबार पनि बढेर १३ सय ४१ दशमलव ३८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

व्यापार समूहबाहेक मंगलबार सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचक ९३ दशमलव ४७ अङ्कले बढेको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ९३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार १ अर्ब ५३ लाख २२ हजार रुपैयाँ बराबरका ३९ लाख कित्ता शेयर किनबेच भएका छन् । शिवम् सिमेन्ट लिमिटेडको मंगलबार सबैभन्दा धेरै १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै एनआईसी एसिया बैंक लिमिटेडको ११ करोड १२ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार कालिका पावर कम्पनी लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ५ प्रतिशत गुमाएका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group