मोवाइलको विवादमा श्रीमतीको हत्या

जनकपुर : मोवाइल सिमकार्डका बारेमा बिबाद हुँदा सामूहिक कुटपिट गरि श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित परिवारका ४ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

२२ वर्षिया श्रीमती चिन्तामणि पासवानको हत्याको आरोपमा जिल्लाको औरही गाउँपालिका २ बस्ने श्रीमान अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

गत १८ माघमा मोबाइलको मेमोरी कार्डका विषयमा चिन्तामणि र नन्द पुनितासँग विाद भएको थियो । सोही विवादलाई लिएर श्रीमानसहित अन्यले कुटपिट गर्दा चिन्तामणिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लुकाउने उदेश्यले मृतकलाई आफैं झुण्डिएर आत्महत्याको प्रयास गरेको समाजमा हल्ला फिँजाई रिक्सामा राखेर उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । प्रहरीलाई शंका लागेपछि सोधपछ गर्दा उनीहरु शव नै छाडेर अस्पतालबाट फरार भएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पत्रकार सम्मेलनमा भने ‘घटना अनुसन्धान गर्दै जाँदा श्रीमान श्रीमतीबीच पहिलादेखि नै सम्बन्ध खराव रहेको र सामान्य विवाद मै घरपरिवारका सबै मिलेर सामूहिक रुपमा कुटपिट गरि चिन्तामणिको हत्या गरेको पाइयो ।’

Join Nadunudi News WhatsApp Group

जनकपुरधामस्थित पेठिया बजारबाट ससुरा राधाकृष्णलाई र जनकनन्दनी गाउँपालिका २ बलहा टोलबाट लुकिरहेको अवस्थामा श्रीमान अनिललाई पक्राउ गरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरू बिरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरि कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

Join Nadunudi News WhatsApp Group