औषधि व्यवसायी संघको नगरस्तरिय सहजीकरण समन्वय समिति गठन

बर्दिया : नेपाल औषधि व्यवसायी संघ बर्दिया जिल्ला शाखाले ठाकुरबाबा नगरस्तरिय सहजीकरण समन्वय समिति गठन गरेको छ । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा बर्दियाका सहकोषाध्यक्ष विष्णुहरी खनालको संयोजकत्वमा ठाकुरबाबा नगरपालिका अन्तरगतका औषधी व्यवसायी तथा सदस्यहरुको भेलाबाट ९ सदस्य सहजिकरण समिति गठन गरिएको हो ।

ठाकुरबाबा नगरपालिका स्तरिय सहजीकरण समन्वय समितिले संघकोले जिल्ला शाखाले तोकेको आवश्यक काम गर्ने, आफ्नो क्षेत्रका व्यवसायीहरुका गुनासो सुन्ने र समाधान गर्ने साथै औषधि व्यवस्था विभागका सम्पुर्ण कार्यमा सहजीकरण गर्ने जनाईएको छ ।

समितिले विश्वभरि फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) विरुद्ध सचेतना जगाउने, नगरपालिकाका सम्पूर्ण नागरिकहरुमा स्वास्थ्यको पहुच पुर्याउने र विपद व्यवस्थापनलाई सहजिकरण गर्नेछ । खनाल मेडिकल हल भुरिगाउँका संचालक विष्णुहरी खनाल संयोजक रहेको सहजिकरण समितीमा अशिम पोलिक्लिनिकका प्रबन्धक आशिष तिमील्सेना सचिव रहेका छने भने सदस्यमा युगल किशोर शाह, बलराम भटराई, युवराज विर सिह, लौटन थारु, धनवा थारु रहेका छन् ।

सल्लाहकारमा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र राजवंसी र नेपाल औषधी व्यवसायी बर्दिया शाखाका महासचिव कृष्ण प्रसाद पौडेल रहेका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group