संक्रमितसंगै फर्किएका बर्दियाका १२ जनालाई क्वारेन्टाइनमा राखियो

बर्दिया : कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासंगै भारतबाट फर्किएका १२ जना जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकाका आठ जना र बढैयाताल गाउँपालिकाका चार जना युवालाई ठाक्वारेन्टाइनमा राखिएको नगरका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिएका छन्‌ ।

ठाकुरबाबाका आठ जनालाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ भने बढैयाताल ९ का चार जनालाई गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइएको हो । उनीहरू यसअघि होम क्वारेन्टाइनमा बसेका थिए ।

चैत ११ गते नेपाल प्रवेश गर्नु पाउनुपर्ने माग गर्दै गौरीफन्टामा उत्रिएको भीडमा बर्दियाका यी युवाहरू पनि सहभागी रहेको पाइएको र उनीहरू चैत १२ गते नेपाल भित्रिएर आफ्नो पालिकामा चैत १७ गते पुगेको पाइएको छ । अहिले सबैजना क्वारेन्टाइनमा रहेकाले नआत्तिन, तर सावधानी अपनाउन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले सबैलाई आग्रह गरेका छन्‌ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group