बिदाई भएर जाँदै गर्दा विद्यार्थीहरुलाई अक्षयकोष स्थापना

बर्दिया : बारबर्दिया नगरपालिकामा अवकाश प्राप्त शिक्षकको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बारबर्दिया नगरपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता माध्यमिक बिद्यालयका अवकाश प्राप्त शिक्षक दल बहादुर सिंह ठकुरीको बिदाई गरिएको छ । बिदाई भएर जाँदै गर्दा अवकास प्राप्त शिक्षक ठकुरीले गरिब विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन् ।

प्राथमिक तहका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि चन्द्रपद्मा स्मृती नामक अक्षयकोषमा ५० हजार रकम छात्रवृत्तीका लागि जम्मा गरिएको बताइएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group