जंगलमा भेटिएको वस्तु तताउँदा विस्फोट

कैलाली : विस्फोटमा परी कैलालीमा एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४, फुलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट हुँदा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

डिएसपी बस्नेतले दिएको जानकारीअनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group