अटो चालकलाई ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण

बर्दिया : नेपाल प्रहरीले अटो चालकहरुलाई शान्ति, सुरक्षा, अपराध नियन्त्रण र ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण दिन शुरु गरेको छ । दुर्घटना न्युनिकरण गर्नका लागि अटो चालकहरुलाई प्रशिक्षण दिन सुरु गरिएको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक बसन्त पाण्डेले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ठाकुरबाबा नगरपालिका अन्र्तगतका अटो चालकहरुलाई प्रशिक्षण दिईएको हो । सडक सुरक्षा र ट्राफिक सचेतना, भाडादर सम्वन्धी अटो चालकहरुलाई जानकारी गराईएको प्रहरी निरिक्षक पाण्डेले बताए । पूर्व–पश्चिम राजमार्गमा २४ घन्टा ट्राफिक सहितको चेकिङ गर्दै जादा अटोचालकहरुले धेरै भाडा लिने पाईएको र सवारी चालक अनुमती पत्र (लाईसेन्स) बिना नै अटो चलाएको पाइएपछि प्रशिक्षण दिन शुरु गरिएको पाण्डेले बताए ।

अपराधिक एवम् गैरकानुनी गतिविधी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएर कडाईका साथ लागु गरिरहेको छ । प्रशिक्षण दिइसकेपछि कुनै अटोचालकहरुले भाडा बढि लगेको पाइए अथवा सवारी चालक अनुमती पत्र (लाईसेन्स) नबोकेको पाइएमा कानुन बमोजिमको कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दिया पठाईने प्रहरी निरिक्षक पाण्डेले बताए ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group