कोरोना भाईरसबाट बच्न गरिनु पर्ने उपाय सम्बन्धी छलफल

बर्दिया : ठाकुरबाबा नगरपालिकाको २ र ८ नम्बर वडाका सबै गाउँटोलमा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउने कार्यक्रम सकिएको छ । २ नम्बर वडा कार्यालयले शुक्रबार रानीपुरमा सचेतना कार्यक्रम सम्पन्न गर्दै अभियान सम्पन्न भएको जनाएको हो ।

संसारै भर फैलिदै गएको महामारी रोगका बारेमा सचेतना जगाऔँ, आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने मुल नाराका साथ सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका क्रममा कोरोना भाईरस सर्ने तरीका र यसबाट जोगिन गरिनु पर्ने उपायका विषयमा छलफल गरिएको छ ।

१०४ डिग्रीभन्दा माथी ज्वरो आउनु, रुघाखोकी लाग्नु, घाँटी टाउको दुख्नु र श्वासप्रश्वासमा समस्या देखिनु कोरोना भाइरसका लक्षणहरु हुन् । कोरोना भाइरसबाट बच्न पशुपन्छीहरुको सम्पर्कबाट टाढा रहने, खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्ने, सरसफाईमा ध्यान दिने लगायतका उपायहरु अपनाउन स्वास्थ्यकर्मीले स्थानयीहरुलाई सुझाब दिएका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group