दादुरा रुवेला खोप अभियान बर्दियामा पनि सुरु

पहिलो चरणमा ६ स्थानिय तहमा खोप लगाईदै

बर्दिया : दादुरा रुवेला खोप अभियान बर्दियामा पनि सुरु भएको छ । पहिलो चरणमा ६ स्थानिय तहमा दादुरा रुवेला विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु भएको छ । अभियानलाई सफल बनाउन बर्दियाका सबै स्थानिय तहमा पालिका स्तरीय रुपमा छलफल समेत गरिएको थियो ।

नेपाल भर फागुन १ गतेबाट दादुरा रुवेला खोप अभियान सन्चालन भए पनि बर्दियामा भने फाल्गुन ७ गते बुधबारबाट सुरु भएको बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए । बर्दियामा पहिलो चरणमा ३ सय ८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ । यस वर्ष ठाकुरबाबा नगरपालिकाका भने ५० स्थानमा स्थानमा पोलियो थोपा खुवाउने तथा दादुरा रुवेला खोप लगाईने ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ईन्द्रबहादुर राजवंशीले बताए ।

बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकामा खोप लगाईने छ भने गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा फागुन २० गते देखि दास्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

बर्दियामा कुल ४८ हजार २ सय २७ मध्य पहिलो चरणमा ३८ हजार ५ सय ६७ जनालाई पोलियो थोपा र कुल ४० हजार ६ सय ३ मध्ये ३२ हजार ६ सय ३८ जनालाई दादुरा रुवेला खोप लगाइने चौधरीले बताए ।

खोप केन्द्र विहान १० बजे देखि ४ बजेसम्म खुल्ने उनले बताए । खोप अभियान सफल बनाउन बर्दियाका ८ वटै स्थानिय तहले सहयोग गरिरहेका छन् । अभियानका लागि आवश्यक खोप तथा खोप सामाग्रीहरु सबै स्वास्थ्य संस्थामा पुगिसकेको जनाईएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group