जन्मदिनमा हुने खर्च विकास प्रेमी युवालाई

बर्दिया : विकाश प्रेमी युवा समूह विदेश विभागका महासचिव विशाल शर्माले आफ्नो जन्मदिनमा हुने खर्चलाई बचाएर विकास प्रेमी युवा समूहलाई सहयोग गरेका छन् ।

बर्दियाको बिभिन्न स्थानिय तहहरुमा सामाजिक कार्यहरु गर्दै आइरहेको विकाश प्रेमी युवा समूहलाई शर्माले आर्थिक सहयोग गरेका हुन् । उनले आफ्नो जन्मदिनमा २५ हजार ५ सय ५५ रुपैयाँ विकास पे्रेमी युवा समुूहको कोषमा जम्मा गरेका छन् । सामाजिक कार्यमा सहकार्य गर्नु मानवीय धर्म भएकाले जन्मदिनमा गरिने फजुल खर्चलाई बचाएर आफुले सहयोग गरेको उनले बताए ।

थोपाथोपा मिलेर समुन्द्र बनेजस्तै थोरैथोरै रकमबाट नै समाज परिवर्तनका लागि आवश्यक पर्ने आर्थिक रकम संकलन गर्न सकिने भएकाले खर्चलाई बचाएर सबैले सामाजिक कार्यमा लगाउनुपर्ने शर्माले बताए । समाज परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउदै सामाजिक क्षेत्रको उत्तरदायित्व सबैले आफ्नो क्षेत्रबाट बहन गर्न पनि शर्माले सबैसंग आग्रह गरेका छन् ।

विकाश प्रेमी युवा समूहले बर्दिया जिल्लामा युवा अभिमुखी कार्यक्रमका साथै ४ नगरपालिकामा नगर कमिटी र वडा कमिटी गठन गर्दै रक्तदान, सरसफाई अभियान, बाढीपिडितलाई राहत, सामाजिक विकृती विरुद्ध जनचेतना, बर्दिया युवा सम्मेलन, बृहत स्वास्थ्य शिविर, गौशाला निर्माण, डेंगु बिरुद्ध अभियान, लागुऔषध बिरुद्ध जनचेतना मुलक कार्यक्रम, गरिब दुःखी असहायहरुलाई आर्थिक सहयोग अभियान जस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group