जन्मदिनमा शैक्षिक सामाग्री वितरण

बर्दिया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बर्दिया जिल्ला संयोजक महेन्द्र पंगेनिले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् ।

विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका पंगेनिले आफ्नो जन्मदिनमा गरिने खर्चलाई बचाएर बर्दियाको सरस्वती आधारभुत विद्यालयमा अध्यनरत ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । अनेरास्ववियु बर्दिया जिल्ला संयोजक पंगेनिले जन्मदिनको अवसरमा वृक्षारोपण समेत गरेका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group