कैलालीसंग सीमा जोडिएका बर्दियाका सबै नाका बन्द

बर्दिया : कैलालीसंग सीमा जोडिएको बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ । पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिने राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका प्रमुखले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासंग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले बताए ।

यसैगरी कैलालीको टिकापुर सीमासंग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताए ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group