मधुवनमा २ सय १२ महिलाहरुको पाठेघरको संक्रमण परिक्षण

बर्दिया : मधुवन नगरपालिकामा आईतवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मधुवन नगरपालिका–८, दुर्गापुर बर्दियाले पाठेघरको संक्रमण परिक्षण सम्विन्धी स्वास्थ्य जाच शिविर सम्पन्न गरेकोे हो ।

शिविरमा पाठेघरको क्यान्सरका परिक्षण र औषधि वितरण गरिएको छ । महिलाहरुमा हुने स्वास्थ्य समस्यालाई लक्षित गरी कार्यक्रम राखिएको वडा नं ८ का वडा अध्यक्ष विजय कुमार रानाले बताए । महिलाहरुमा रोग लुकाउने, लाज मान्ने जस्ता कारणले स्वास्थ्य विग्रीरहेकाले स्थानियरुपमा सहयोग पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताइएको छ ।

शिविरमा २ सय १२ महिलाहरुले पाठेघरको संक्रमण परिक्षण गराएका थिए । त्यसमध्ये २४ जना महिलाको पाठेघरमा अति संक्रमित देखिएकाले परामर्श सहित थप उपचारका लागि अन्यन्त्र सिफारिस गरिएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group