महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९)को प्रभाव विश्वब्यापी रुपमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला, महोत्सव र भोजभतेर नगर्न अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यस्तो अनुरोध गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम कम गर्न तत्कालका लागि महोत्सव, सभासमारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेका हुन् । आवश्यक परेमा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको तयारी रहेको उनले बताए ।

अहिले भारइसकै कारण बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित गर्ने तयारी गरिएको छ । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थर्मल स्क्यानर राखिएको बताउँदै केही समयका लागि विमानस्थल पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group