कोरोनाबाट जोगिन दिनमा दुई पटक मोबाइल सफा गर्न डाक्टरको सुझाब

काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेको थियो ।

तर हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुको सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडाको प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् ।

विभिन्न रसायनको प्रयोग गर्दा मोबाइलको स्क्रीन बिगार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् । मोबाइलको खोल निकाली सफा गरेर सुक्खा नरम कपडाले पुछ्न प्राविधिकको सुझाव छ । दैनिक एकरदुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group