प्रश्नपत्रको त्रुटीमा अनेरास्ववियुको ध्यानाकर्षण

जानाजान गैरजिम्मेवारपूर्ण कार्य गरिएको हुन सक्छ

बर्दिया : नगरस्तरिय परिक्षाको प्रश्नपत्रमा गरिएको त्रुटीको विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विज्ञप्ती मार्फत् नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

ठाकुरबाबा नगरपालिका शिक्षाशाखाद्वारा फाल्गुण ३० गते लिईएको कक्षा ५ को गणित विषयको परिक्षाको प्रश्नपत्रमा धेरैमात्रामा त्रुटीहरु पाईएको थियो । अनेरास्ववियू बर्दिया जिल्ला संयोजक महेन्द्र पंगेनी, सह–संयोजक रेशम अधिकारी र मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पसका स्ववियु सभापती जिवन रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ परिक्षा जस्तो संवेदनशिल विषयमा शिक्षाशाखाले गैरजिम्मेवारपन देखाएको छ ।

शिक्षा क्षेत्रमा यो स्तर सम्म लापरबाही हुनु शिक्षाक्षेत्रलाई नै चुनौती भएको बताउँदै अनेरास्ववियु बर्दिया जिल्ला संयोजक महेन्द्र पंगेनीले सम्बन्धित निकाय र क्षेत्रमा रहेका ब्यक्तिहरुले जिम्मेवार भएर काम गर्नु पर्ने बताए ।

समयसन्दर्भ संगको कुराकानीमा अनेरास्ववियु बर्दिया संयोजक पंगेनीले भने ‘नगरपालिका र नगरसरकारलाई असफल बनाउनका लागि जानाजान रुपमा यस्तो गैरजिम्मेवारपूर्ण कार्य गरिएको हुन सक्छ ।’ विज्ञप्तीमा अनेरास्ववियुले परिक्षा जस्तो संवेदनशिल विषयमा गैर जिम्मेवारीपन देखिएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई उक्त कार्यमा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

प्रश्न पत्रमा भएको त्रुटिका कारण मर्कामा परेका विद्यार्थीलाई उचित न्यायको प्रत्याभूती होस् भन्ने माग राख्दै अनेरास्ववियुद्वारा जारी विज्ञप्तीमा अन्यथा नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जस्तो सुकै कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ । ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख रामहरि रिजाललाई विज्ञप्ती पत्र बुझाईएको हो ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group