प्राथमिक विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

दुर्गा जनज्योती प्राथमिक विद्यालय पहिलो

बर्दिया : ठाकुरबाबा नगरपालिका–९ मा प्राथमिक विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखाको आयोजनामा ठाकुरबाबा स्तरिय प्राथमिक तहको हाजिरी जवाफ प्रतियोगिता ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा सम्पन्न भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को सहयोग तथा नेपाल जुनियर रेडक्रस सर्कलको आथित्यतामा हाजिरि जबाफ प्रतियोगिता आयोजना गरिएको हो । बालबालिकाहरुको ज्ञानमा बृद्धि गर्ने उद्येश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा ठाकुरबाबा नगरपालिका अन्तर्गतका १५ वटा प्राथमिक बिद्यालयको सहभागिता रहेको थियो । जसमा पेरहनीको दुर्गा जनज्योती प्राथमिक विद्यालय पहिलो भएको छ भने बिबिएएस मेमोरियल स्कुल दोस्रो र ठाकुरद्वाराको ओम दिपज्योती विद्यालय तेस्रो भएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group