कैलालीका कोरोना संक्रमितसंग आएका बर्दियाका दुई जनाको पहिचान

बर्दिया : कोरोना भाइरस (कोभिड १९) संक्रमित कैलालीका युवासंगै काठमाण्डौबाट नेपालगञ्जसम्म आएका बर्दियाका दुई जनाको पहिचान भएको छ । पहिचान भएपछि बुधबार नै दुबै जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

कैलालीका युवामा संक्रमण भएको पुष्टि भएपछि उनीसंगै जहाजमा चढेकाहरुको नेपाल प्रहरीले खोजी थालेको थियो । यी दुई सहित बर्दियाबाट कोरोना भाइरस परीक्षणका लागि ६ जनाको स्वाबको नमुना बुटवल पठाइएको छ ।

बर्दियाको गुलरिया नगरपालिकाका २ जना, राजापुरका १, ठाकुरबाबाका १, बाँसगढीका १, बढैयाताल गाउँपालिकाका १ गरी ६ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको हो ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group