तरकारी बजार बन्द गर्न कञ्चनपुर प्रशासनको निर्देशन

निर्देशन अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने

कञ्चनपुर :  विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ । अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न निर्देशन दिइएको हो ।

तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भिड भै कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखिम बढ्ने भएकाले तरकारी बजार बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ ।

कोरोनाको जोखिमलाई मध्यनगर गरी जोखिम न्युनीकरणका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, पसल बन्द भएको अवस्थामा मदिरा पसल सञ्चालनमै रहेको उजुरी आएकाले मदिरा पसल बन्द गर्न सार्वजनिक सूचनामा भनिएको छ । निर्देशन अवज्ञा गरेको पाइए कानुनबमोजिम कारबाही चेतावनी दिइएको छ ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group