कोराना संक्रमणको त्रासले चुम्बनमा प्रतिबन्ध !

फ्रान्स : फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् ।

फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो । यसअघि भने उनले एक अर्का सँग हात नमिलाउन आग्रह गरिसकेका थिए ।

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ । चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ र संक्रमित हुनेको संख्या ७९ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै चीन बाहिर संक्रमित हुने ७ हजार तथा १ सय १२ को मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

Join Nadunudi News WhatsApp Group

Join Nadunudi News WhatsApp Group